हतियारसहित बल्खुबाट ३ जना पक्राउ
काठमाडौं । हतियारसहित काठमाडौंमा ३ जना पक्राउ परेका छन् ।
बिहीबार प्रहरीले बल्खु एरियाबाट ३ जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका १४ बल्खुका ३५ वर्षीय देवेन्द
भण्डारी, कीर्तिपुर नगरपालिका ६ चोभारका ५० वर्षीय सुमन खड्का र काठमाडाैँ महानगरपालिका १४ बल्खुका ४७ वर्षीय मनोज कुमार बस्नेत रहेका छन्।
काठमाडौं उपत्यकाभित्र गैरकानूनी रुपमा साना हतियार पेस्तोलको कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो।
वल्खु एरियाबाट बा. १७ च. ८३६४ नम्वरको महेन्द्रा कम्पनीको गाडी सहित तीनै जनालाई पक्राउ गरी अनुसन्धान गर्दा पेस्तोल र गोलीहरु सुमन खड्काको घर कम्पाउण्डमा लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
घर कम्पाउण्डको कुनामा ईट्टाले छोपीलुकाई राखेको अवस्थामा म्याग्जिन सहितको ७६५७ नं को राउण्ड इन युएसए सप्लाई फर युएसए लेखिएको १ थान पेस्तोल र ४ राउण्ड गोली फेलापारी फेला पारेको प्रहरी उपरीक्षक सुशीलसिं राठाैरले जानकारी दिए ।







डिसी नेपाल







Facebook Comment