दार्चुलामा भूकम्पको धक्का
काठमाडाैं। गएराति दार्चुलामा भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान तीन बजेर ५१ मिनेट जाँदा दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्पको शक्ति ४.२ म्याग्निच्युड मापन गरिएको केन्द्रले जनाउकाे छ। यसअघि यही चैत ३ गते पनि दार्चुलाको सिटौला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पले पुर्याएको क्षतिको विवरण भने प्राप्त भएको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment