सरकारका विवादित गतिविधिबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

डिसी नेपाल
१४ कार्तिक २०८३ १७:२८

काठमाडौं । नेपाली कांग्रेसले सरकारका पछिल्ला निर्णय र गतिविधिहरू विवादित बन्दै गएको भन्दै यसबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ।

भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक तय गरिएको छ। सरकारका एकपछि अर्को निर्णय तथा कदमहरूमाथि गम्भीर समीक्षा गर्दै आवश्यक परे सरकारलाई यसबारे गम्भीर ध्यानाकर्षण गराउने कांग्रेस पदाधिकारीहरूको तयारी रहेको छ।

पार्टीका आन्तरिक विषयहरूमा समेत केन्द्रित रहने सो बैठकमा नेताहरूको कार्यविभाजन र आगामी स्थानीय तहको निर्वाचनको तयारीलगायतका महत्त्वपूर्ण संगठनात्मक एजेन्डामाथि समेत विस्तृत छलफल हुने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *