नेपाल तरुण दलको अध्यक्षमा दिल लामा मनोनीत

डिसी नेपाल
१४ कार्तिक २०८३ १७:०५

काठमाडौं। नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको छ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कात्तिक १२ गतेको मितिमा लामालाई अध्यक्ष पदमा मनोनीत गरेको पत्रमार्फत जानकारी गराएको हो।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम उनलाई अध्यक्ष पदमा मनोनीत गरिएको पत्रमा उल्लेख छ।

त्यसैगरी, आगामी छ महिनाभित्र नेपाल तरुण दलको महाधिवेशन सम्पन्न गरी संगठनलाई थप मजबुत बनाउने विश्वाससमेत पत्रमा व्यक्त गरिएको छ।

मनोनीतसम्बन्धी पत्रमा १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको हस्ताक्षर रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *