सहरमा दशैँको रौनक, बैतडीका किसानलाई भने धान भित्र्याउनै भ्याइनभ्याइ
default
बैतडी। देशका सहरबजारमा विजयादशमीको चाड धुमधामका साथ मनाइरहँदा बैतडीका किसानहरूलाई भने खेतबारीमा पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको छ। चाडपर्वको उल्लास र रमझमसँगै यहाँका किसानहरू वर्षभरिको मेहनतको फल (धान) सुरक्षित रूपमा घर भित्र्याउने चटारोमा व्यस्त रहेका छन्।
मौसम अनुकूल रहेका बेला पाकेको बाली भित्र्याउन नसके क्षति हुने डरले किसानहरू दशैँको बीचमा पनि खेतबारीमै खटिएका हुन्। खेतमा धान काट्ने, थ्रेसिङ गर्ने र दाइँ हालेर थन्क्याउने काममा स्थानीय किसानहरू एकाबिहानैदेखि जुटेका छन्।

default


No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment