राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभसाइतमा दशैंको टीका, जमरा र प्रसाद ग्रहण (तस्बिर)
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले गुरु पुरोहितको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।
आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलका साथै परिवारका अन्य सदस्यहरूलाई पनि शुभसाइतमै टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।





No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment