ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
फाइल फाेटाे
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरमा आज ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
भे१त २९०१ नंको काठ बोेकेको ट्र्याक्टरले म२प ७०३४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्तीसोनारी–७ फत्तेपुरका २४ वर्षीय सुमनकुमार थारू र सोही ठाउँका १५ वर्षीय सञ्जीत थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए ।
उनीहरुको उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । ठक्कर दिने ट्र्याक्टरका चालक फरार छन् । रासस
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment