सन्दीप पीएसएलको प्लाटिनियम ड्राफ्टमा, बेस प्राइज डेढ लाख डलर
काठमाडौं। नेपाली स्टार लेग स्पीनर अर्को सफलताको ढोका जनिक पुगेका छन्। पाकिस्तान सुपर लीग (पीएसएल)ले बुधबार सार्वजनिक गरेको पहिलो ड्राफ्टमा सन्दीप प्लाटिनियम क्याटागोरीमा परेका छन्। पीएसएलले बुधबार प्लाटिनियम ड्राफ्टमात्र सार्वजनिक गरेको हो।
यो क्याटागोरीमा रहेका खेलाडीको शुरुआती मुल्य एकलाख ४७ हजार अमेरिकन डलर तोकिएको छ। अधिकतम मुल्य भने २ लाख १८ हजार डलर तोकिएको छ।
पीएसएलले बुधबार प्लाटिनियम क्याटागोरीमा रहेका २८ खेलाडीको सूची सार्वजनिक गरेको हो। यो क्याटागोरीमा सन्दीप दक्षिण अफ्रिकाका डेल स्टेन, जेपी डुमिनी, राईली रुसो, इंग्ल्याण्डका जेसन रोय, आदिल राशिद, श्रीलंकाका एन्जलो म्याथ्युज र थिसरा परेरा, वेष्टइण्डिजका कैरन पोलार्ड, कार्लोस ब्रेथवेट, इभिन लुइस जस्ता खेलाडीसँगै यो क्याटागोरीमा परेका हुन्।

सन्दीपले अघिल्लो पटक पनि पीएसएल खेलेका थिए। त्यतिबेला पनि उनी निकै चर्चित भएका थिए। यो पटक कुनै टिमले लिएमात्र सन्दीप करोडपति बन्ने पक्का छ।
नेपाल क्रिकेट संघ (क्यान)ले अन्य पाँच जनालाई पनि पीएसएलको ड्राफ्टमा समावेस गर्न सिफारिस गरेको थियो। तर, अन्य क्याटागोरीको सूची सार्वजनिक नभएकाले उनीहरु पर्ने वा नपर्ने टुंगो लागिसकेको छैन।
करण केसी, आरिफ शेख, रोहित पौडेल, ललितनारायण राजवंशी र पवन सर्राफलाई सिफारिस गरेको छ। यस्तै दिपेन्द्र सिंह ऐरीले भने एजेन्टमार्फ ड्राफ्टका लागि नाम पठाएका थिए।







डिसी नेपाल








Facebook Comment