बाबुरामको बाैद्धिकतामाथि काँग्रेस प्रवक्ता शर्माको प्रश्न : डा साबकाे बौद्धिकता कति लायकको?
काठमाडौं। समाजवादी पार्टीको बिहीबार शुरु भएको केन्द्रीय समिति बैठकमा सो पार्टीका संघीय परिषद् संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशका सहयात्री पार्टीप्रति विश्लेषणसमेत गरिएको प्रतिवेदन प्रस्तुत गरे।
उनले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबारे भनेका छन्, ‘आजको दिनमा कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसक्ने गरी थलथिलो भएको छ ।’
त्यो बाटो हिंडेको ४० बर्षपछि उहाँले भन्नुभो `कम्युनिस्ट दर्शनको बाटोबाट देश बन्ने रहेनछ,यो बाटो परित्याग गर्दछु´ l यति बुझ्न त्यति बर्ष लगाउने उहाँको बौद्धिकता कति `लायक´ को ? प्रश्न गर्न चाहिन l
बरु नम्रसंग भन्छु,बौद्धिकता थोरै बचेको छ भने शब्द शिष्टता मर्न नदिने कि डा साब ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 14, 2019
काँग्रेसप्रति बाबुरामको विश्लेषणले काँग्रेस पक्कै पनि निराश भएको छ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार सामाजिक सञ्जालबाटै बाबुरामलाई जवाफ दिएका छन् – सिम्बोलिक रुपमा । उनले ट्वीटरमा लेखेका छन्, ‘त्यो बाटो हिंडेको ४० बर्षपछि उहाँले भन्नुभो – कम्युनिस्ट दर्शनको बाटोबाट देश बन्ने रहेनछ,यो बाटो परित्याग गर्दछु। यति बुझ्न त्यति बर्ष लगाउने उहाँको बौद्धिकता कति (लायक) को ? प्रश्न गर्न चाहिन । बरु नम्रसँग भन्छु, बौद्धिकता थोरै बचेको छ भने शब्द शिष्टता मर्न नदिने कि डा साब ?’

माओवादीले चलाएको दश वर्षे सशस्त्र द्वन्द्वका एक कमाण्डर बाबुराम आजभोली कम्युष्टि पार्टीकै विरोध गर्छन्। उनले बिहीबार आफ्नो प्रतिवेदनमा कम्युनिष्टको विश्लेषण गर्न निकै शब्द खर्चेका छन्। तर, निकै ‘छुच्चो’ शब्दको बारम्बार प्रयोग गर्ने बाबुरामलाई काँग्रेस प्रवक्ताले ‘नम्रसँग’ जवाफ दिएका हुन्।







डिसी नेपाल








Facebook Comment