रुपज्योति र उनकी छोरी सुरुची आज छुट्दै, सरकारी वकिलले मुद्दा नचलाउने

डिसी नेपाल
२९ कार्तिक २०७६ १५:०१

काठमाडौँ। ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी रुपज्योति आज छुट्ने भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनी आज छुट्न लागेका हुन् । यसअघि उनीविरुद्ध प्रहरीमा ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययनपछि सरकारी वकिल कार्यालय मुद्दा चलाउन नपर्ने निष्कर्षमा पुगेको हो । यसअघि जिल्ला अदालत काठमाडौँले यही विषयमा यो मुद्दा देवानी प्रकृतिको भएको हुँदा फौजदारी अभियोग आकर्षित नहुने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.