लोभ र डरबाट प्रभावित नभइ काम गर्ने नवनियुक्त कृषि मन्त्रीको प्रतिवद्धता
नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्बिरः रोशन सापकोटा/ रासस
काठमाडौं। नवनियुक्त कृषि तथा पशुपन्त्री विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायिक कृषिको विकासमा केन्द्रित रही काम गर्ने बताए। बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना अघि सारे।
यस अघि नवनियुक्त मन्त्री भुसालले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएका थिए। त्यसलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नु भएका उनलाई निवर्तमान कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बधाई दिएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment