जबरजस्ती करणी अभियोगमा ८० वर्षीय वृद्ध पक्राउ

डिसी नेपाल
७ मंसिर २०७६ ११:४७

चितवन । जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले छ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।

पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.