राष्ट्रपति पौडेल सेनाको सांस्कृतिक समारोहमा सरिक
काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३औं वार्षिकोत्सवका अवसरमा आज साँझ सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित सांस्कृतिक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भएका छन्।
सो समारोहमा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख उपस्थित थिए।
कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो। नेपाली सेनाले महाशिवरात्रिका दिन हिजो आफ्नो वार्र्षिकोत्सव मनाएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment