२ वर्षको कैद सजाय पाएका फरार अभियुक्त पक्राउ

डिसी नेपाल
९ मंसिर २०७६ १६:३४

धादिङ । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाइ धादिङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत धादिङले २ बर्षको कैद हुनेगरी फैसला सुनाइएका गजुरी गाउँपालिका ५ बस्ने ३७ बर्षिया रामेश्वर सुवेदीलाइ पक्राउ गरिएको प्रहरी निरिक्षक सरोज राइले जानकारी दिए ।

फरार अभियुक्तलाइ धादिङ प्रहरीले मंसिर ८ गते पक्राउ गरी जिल्ला अदालत धादिङमा पेस गरेको र अदालतले कारागार चलान गरिसकेको धादिङ प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.