सवारी दुर्घटनामा एक जनाकाे मृत्यु

डिसी नेपाल
९ मंसिर २०७६ २२:०६

काठमाडाैं । गोकर्णेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा ड्याम बनाउने क्रममा आइतबार बा३क ६३८ नम्बरको रोलर सडकबाट तल खस्दा गम्भीर घाइते भएका महोत्तरीका ४५ वर्षीय यर्कमान भुजेलको मृत्यु भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो । मृतक भुजेल लामो समयदेखि रोलर चलाउँदै आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.