एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री ओलीअस्पताल भर्ना
काठमाडौं। प्रधानमन्त्री केपी ओली एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएका छन्। सुरुमा नियमित स्वास्थ्य परीक्षण भनेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका प्रधानमन्त्री ओलीलाई डाक्टरहरुले एपेन्डिसाइटिस भएको बताएपछि भर्ना गरिएको हो।
प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोलोजी भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्ना गरिएको बताए। डाक्टरहरुले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरेपछि भर्ना हुन सुझाव दिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए।
‘अहिले प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको छ,’ प्रेस सल्लाहकार थापाले डिसी नेपालसँग भने। प्रधानमन्त्रीका निजी चिकित्सक डा. अरुण सायमीले प्रधानमन्त्री प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको बताएका छन्।
मंगलबार विहान पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल पुर्याइएको थियो। मृगौला पीडित प्रधानमन्त्री ओलीले यसअघि चार पटकसम्म ग्राण्डी अस्पतालमा डायलासिस गराएका थिए।







डिसी नेपाल








Facebook Comment