डलर साटीदिने प्रलोभनमा साढे ७ लाख झ्वाम्
सांकेतिक तस्बिर
भक्तपुर । भक्तपुरमा अमेरिकी डलर साटी दिने भन्दै प्रलोभनमा पारेर एक व्यक्तिले साढे ७ लाख रुपैयाँ ठगेका छन् ।
सूर्यविनायक बस्ने दोलखा सैलुङ गाउँपालिका–३ घर भएका ४९ वर्षीय श्रेष्ठ थरका पुरषको साथबाट अपरिचित व्यक्तिले नगद ७ लाख ५० हजार रुपैयाँ ठगी गरी सोमबार बिहान फरार भएका हुन् ।
मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वर प्लानिङमा अपरिचित व्यक्तिले अमेरिकी डलर साट्ने भन्दै श्रेष्ठलाई बोलाई रुमालले बेरेको कागज दिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ।
फरार व्यक्तिको खोजी तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment