गोकर्णेश्वर नगरपालिकाले गर्याे जग्गा संरक्षण समिति गठन
काडमाडौं । सामुदायिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन थालेपछि गोकर्णेश्वर नगरपालिकाले नगरपालिकास्तरीय सार्वजनिक एवं पर्ती जग्गा संरक्षण समिति गठन गरी नापजाँच सुरु गरेको छ ।
नगरपालिका–२ मा रहेको बालसुधार माध्यमिक विद्यालयको पुर्जामा २० रोपनी जग्गा छ, तर भोगचलनमा आधाजति जग्गामात्र देखिन्छ । सुकुम्वासीदेखि स्वास्थ्य चौकीसम्मको भवन बनाउने ठाउँ विद्यालयले नै दिनुपरेको छ । सामुदायिक विद्यालयका नामको जग्गा वरिपरिका जग्गाधनीले अलिअलि गरी काट्दै जाँदा यस्तो अवस्था आएको वडाध्यक्ष कृष्णबहादुर पण्डितले स्वीकार गरे। “यसरी मासिँदै गएको जग्गा संरक्षणका लागि नगरपालिकाले सार्वजनिक, पर्ती जग्गा संरक्षण समिति गठन गरेको छ, वडास्तरीय समिति पनि गठन भएकाले सबै सार्वजनिक एवं पर्ती जग्गा संरक्षण गर्न लागिएको छ”, उनले भने।
बीचमा गारेटो बाटो थियो । शहरीकरणसँगै सडक निर्माण गर्न थालेपछि स्थानीयले आफ्नो जग्गा दिएनन् । साविकको नयाँपाटी गाविसको वडा नं। ४, ५ र ६ वडामा विद्यालयको नाममा जग्गा थियो । विद्यालयका नाममा सात वटा कित्तामा २० रोपनी जग्गा रहेको प्रधानाध्यापक विन्दुराज खनालले जानकारी गराए ।
स्थानीयवासीले आफ्ना बालबालिका संस्थागत विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालयको जग्गा संरक्षणमा ध्यान दिएका छैनन् । बाहिरबाट आई मजदुरी गर्नेका बालबालिका मात्र सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । विद्यालयमा हाल ४ सय ६० विद्यार्थीले अध्ययन गरिरहेको प्रधानाध्यापक खनालले बताए।
नगरपालिका, नापी कार्यालयलगायत सरकारी निकायसँग समन्वय गरी विद्यालयको नाममा रहेको जग्गा फिर्ता गराउने अभियानमा लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज चालिसेले जानकारी गराए।







डिसी नेपाल







About Tadalis Sx viagra Kamagra Tablets Uk
Comprar Viagra Con Mastercard Zithromax Stomach Pain Tamoxifen Online Uk buy zoloft uk Zithromax Erythromycin Allergy
Viagra Online Gunstig Viagra Y El Embarazo Viagra 100mg 30 cialis Carlis Tadalafil Soft Tablets Order Plavix From Canada Valacyclovir
Can You Get Accutane In Canada Levitra Euros generic cialis from india Cialis 5mg Canada Augmentin Price Per Pill