पत्थर देखाई करोडौंको कारोबार गर्न खोज्ने ५ जना पक्राउ

डिसी नेपाल
१४ मंसिर २०७६ १५:५५

काठमाडौं। विभिन्न पत्थरहरु गैरकानूनी रुपमा ओसारपसार गरी करोडौं मूल्य पर्ने भन्दै झुक्याई कारोवार गर्न खोज्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रेको पनौती बस्दै आएका बेथानचोक गाउँपालिका – ४ घर भएका ६२ वर्षीय नवराज खड्का, झापा गौरादह नगरपालिका – १ घर भएका ३८ वर्षीय हरि खापुङ, झापा शिबसताक्षीधाम नगरपालिका – ४ घर भएका ३७ वर्षीय यमकुमार गिरी, मोरङ बुढिगंगा गाउँपालिका – ५ घर भएका २५ वर्षीय लोकबहादुर सार्की र रौतहट चन्द्रपुर नगरपालिका – १ घर भएका ३३ वर्षीय भिमबहादुर लामा रहेका छन् ।

उनीहरुले उक्त पत्थरहरु झुक्काइ कारोवार गर्न लागेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खड्काको कोठाबाट उनीहरुलाई पक्राउ गरेको हो । उक्त कोठाबाट विभिन्न रङका मोजनाईट, काईनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एलबि डायमण्ड जस्तो देखिने पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने पत्थर, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरुसमेत गरी जम्मा ५ हजार ६१ दशमलब ९९ क्यारेट र पहेंलो धातुमा जडित औंठी ८ दशमलब ९३ ग्रामसमेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.