‘महिनावारीको बेला हुने भेदभाव बिरुद्ध’ सुन्दरीहरुको अभियान
काठमाडौं । महिनावारीको समयमा हुने भेदभाव बिरुद्ध काठमाडौँमा कार्यक्रमको आयोजना गरिएको छ ।
शनिवार भृकुटीमण्डपको बगैचामा पूर्वनेपाल सुन्दरीहरुको समूहले महिनावारीको समयमा हुने भेदभाव बिरुद्धको अभियान सुरु गरेका हुन् ।
महिनावारीको समयमा परिवार समाजमा हुने भेदभाव, विद्यालयमा शौचालयको अभाव, प्याड उपलब्ध नहुने कारणले पढाई नै छोड्नु पर्ने अवस्था कम गर्न अभियान थालेको पूर्व नेपाल सुन्दरी सुगारिका केसीले बताइन् ।
कार्यक्रममा संकलन हुने रकमले दुर्गम क्षेत्रका विद्यालयमा स्यानिटरी प्याडको वितरण गर्ने र व्यवस्थित शौचालय बनाउने पनि केसीले बताइन् ।
पूर्व नेपाल सुन्दरीहरुको समूहले मितिनी नामको गैर–सरकारी संस्थासँग मिलेर देशभरी अभियान सञ्चालन पनि गर्ने भएको छ ।
अभियानमा स्थानीय क्लब तथा आमा समूहलाई समेटेर महिनावारीको समयमा हुने भेदभाव हटाउन जनचेतनामुलक काम गर्ने पूर्व नेपाल सुन्दरी माल्विका सुब्बाले जानकारी दिइन् ।







डिसी नेपाल








Facebook Comment