भारतको राजधानी दिल्लीमा ‘अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्याम्पियनसिप–२०१९’  हुँदै

डिसी नेपाल
३० मंसिर २०७६ १२:१५
4
Shares

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा ‘अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्याम्पियनसिप – २०१९’  हुने भएको छ । आयोजनाको पूर्वतयारीका बारेमा आइतबार दिल्लीमा एक पत्रकार सम्मेलनको गरेर जानकारी गराइएको हो।

तीन दिन सम्म चल्ने टि–२० क्रिकेट प्रतियोगिता यही डिसेम्बर १९ तारिख देखि विनय मार्ग स्पोर्ट कम्प्लेक्स्, विनय मार्ग, चानक्यपुरी, नयाँ दिल्लीमा आयोजना गरिने मदन भण्डारी स्पोर्ट एकेडेमी इन्डियाका प्रवास इन्चार्ज श्री गोपाल थापाले बताए।

मदन भण्डारी फाउन्डेसन अन्तर्गत सञ्चालित मदन भण्डारी स्पोर्ट एकेडेमी नेपालले छिमेकी राष्ट्र भारतमा वैधानिकता पाएसँगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आयको छ ।

खेल प्रति अभिरुची भएका तर खेल्ने वातावरण बाट बञ्चित प्रवासी खेलप्रेमी साथीहरूलाई खेलप्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने र सहज खेल वातावरणको सिर्जना गर्ने उद्देश्य र खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नाराकासाथ मित्र राष्ट्र भारतमा मदन भण्डारी स्पोर्ट एकेडेमी इन्डियाको स्थापना गरिएको हो ।

खेल र खेलाडीहरूको लागि उच्च सम्मान गर्दै आफ्नो खेल सञ्चालनले छोटो समयमा नै धेरै उपलब्धिहरू हासिल गरिरहेको र देशमा मात्र नभएर मित्र राष्ट्रहरूसँग पनि इन्डो नेपाल मैत्रीपूर्ण खेलहरू सञ्चालन हुनु पर्छ भन्ने मान्यताका साथ मदन भण्डारी स्पोर्ट एकेडेमी इन्डिया आधिकारिक खेल संस्थाको रुपमा  स्थापित भएको हो ।

मदन भण्डारी स्पोर्ट एकेडेमी इन्डियाले इन्डो नेपाल मैत्रीपूर्ण खेल आयोजनाको पूर्व तयारी स्वरुप आफ्नो पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्याम्पियनसिप २०१९’को आयोजना गरेको हो।

पत्रकार सम्मेलनमा  भ्रमण वर्ष–२०२० को लोगोलाइ खेलाडीहरूका ड्रेस, ब्यानर र पोस्टरमा समेत छपाएर विशेष महत्वका साथ प्रचार प्रसार गरिएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.