बृहत् स्वास्थ्य शिविर : स्थानीयवासीका लागि वरदान

डिसी नेपाल
३० मंसिर २०७६ १९:२३

महोत्तरी । नेपाली सेना र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा संयुक्तरुपमा आयोजित वृहत् निःशुुल्क स्वास्थ्य शिविर स्वास्थ्य सेवामा सहज पहुुँच नभएका यस क्षेत्रका जनताका लागि बरदान सावित भएको छ ।

मुलुुकको समग्र स्वास्थ्य र शिक्षा क्षेत्रको सूूचाङ्कमा पछि परेका प्रदेश नं–२ का जनतालाई स्थानीय तहमै सहजरुपमा स्वास्थ्य सेवा पुु¥याउने उद्देश्यले सञ्चालित शिविरमा तीन दिनको अवधिमा ८ हजार ५१५ जना सर्वसाधारणले उपचार सेवा प्राप्त गरेका छन् ।

नवजात शिशुदेखि ९० वर्षसम्मका वयोवृद्धाले उपचार लिनुुभएको उक्त शिविरमा तीन दिनमा साना ठूला गरी ७७ वटा सफल शल्यक्रिया गरिएको नेपाली सेनाका सहायक रथी डा देवेन्द्रबहादुर खत्रीले बताए ।

स्वास्थ्य परीक्षणका लागि राति १२ बजेदेखि नै स्थानीयवासीको घुुइँचो लाग्ने गरे तापनि त्यहाँ खटिएका सुरक्षा फौजको सहयोगमा शिविरलाई निकै व्यवस्थित र सहज ढङ्गबाट सञ्चालन हुुँदै आएको छ । बढीमा दैनिक एक हजारको सङ्ख्यामा बिरामी आउने अपेक्षा गरिएको उक्त शिविरमा अहिले दैनिक तीन हजारको सङ्ख्यामा उपचारका लागि सर्वसाधारण आउने गरेको सोनमा गाउँपालिका अध्यक्ष राजकुुमार यादव बताए ।

शिविरमा स्वास्थ्य परीक्षणका लागि महोत्तरीका अतिरिक्त सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आएका शिविर व्यवस्थापन समितिका प्रवक्ता अशोककुुमार यादवले बताए। शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने पुुरुषमा हर्निया, हाइड्रोसिल र पित्त थैलीको पत्थरीको समस्या देखिएको छ भने महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको सेनानी डा मनिष थापाले जानकारी दिए ।

वृद्धामा मोतियाविन्दु र धेरैमा ग्याष्ट्रिकसम्बन्धी समस्या देखिएको पनि उनले बताए । शिविरमा पहिलो दिन जचाउन एम्बुलेन्समा आएका बिरामीको आन्द्रा फुुटेर सङ्क्रमण अवस्थामा आएकामा सफल उपचार पाएपछि उनले आफूले नेपाली सेनाको सहयोगमा नयाँ जीवन पाएको प्रतिक्रिया दिए ।

शिविरमा स्वास्थ्य परीक्षणका क्रममा ठूूला खाले शल्यक्रिया गर्नुपर्ने बिरामीको शल्यक्रियाका लागि जिल्ला अस्पताल जलेश्वरमा व्यवस्था मिलाइएको छ । नेपाली सेनाका ३४ विशेषज्ञसहित १२८ र अन्य २४ जना स्वास्थ्यकर्मीले शिविरमा प्रसूूति, बालरोग, दाँत, आकस्मिक सेवा, छाला, नाक, कान, घाँटी, छातीका साथै रेडियोलोजी, प्याथोलोजी, इको, इसिजी सेवा उपलब्ध गराए ।

उक्त शिविरको अवलोकन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक नागरिक सम्बन्धको उदाहरणका रुपमा रहेको शिविरमा नेपाली सेनाप्रति राखिएको सद्भावले सिङगो सङ्गठनलाई हौसला मिलेको जानकारी दिए । उनले भने, “यस खाले शिविरबाट तत्काल स्वास्थ्य सेवा पुु¥याउन र भविष्यमा स्वास्थ्यप्रति ख्याल गर्नुपर्ने विषयमा सुुसूूचित हुुन योगदान पुु¥याउने छ ।”

स्थानीय खखना माध्यामिक विद्यालयमा सञ्चालित उक्त शिविरमा उपचार गर्न आउने पुुरुषको दाँजोमा महिलाको सङ्ख्या अधिक रहेको देखिन्थ्यो । रामगोपालपुर नगरपालिकाका प्रमुुख अशोक मण्डल भन्छन्, “स्वास्थ्य र शिक्षामा पछि परेका यस क्षेत्रका जनता जोसँग पैसा छैन, लामो समयदेखि थला परेर बसेका छन् त्यस्ता व्यक्तिका लागि शिविर मन्दिर सरह बन्न पुुगेको छ, बिरामीहरु उपचार गरी खुुशी हुुँदै घर फर्केका छन्, नेपाली सेनालाई धन्यवाद भनेका छन् ।”

सो अवसरमा पूर्व स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुुमार यादवलगायतले प्रधानसेनापति थापालाई अभिनन्दन गर्दै भने,“नेपाली सेना हाम्रो प्रतिनिधि र अभिभावक भएकाले जनताको घाउमा मलम लगाउन आएको छ, त्यस कार्यका लागि हामी सम्मान गर्दछौँ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *