प्रेमीसँग बस्न महिलाले आफ्नै ‘हत्या’ गराएपछि…

डिसी नेपाल
९ पुष २०७६ १३:२२

काठमाडौं। प्रेमीसँग बस्नको लागि एक महिलाले आफ्नै र आफ्नी छोरीको हत्या भएको हल्ला फैलाइन् । यतिमात्र होइन पिताको मोवाइलमा आफ्नो रगतमा लत्पतिएको फोटो पठाइन् । पुलिसले यो घटनाको अनुन्धान गर्दै जाँदा २ दिनपछि आमाछोरीलाई नै जिउँदै भेट्टायो । त्यसपछि यो नक्कली हत्या काण्डको आश्चर्यजनक वास्तविकता खुल्यो ।

आज तकको समाचार अनुसार यो घटना भारतको मध्य प्रदेशको सिंगरौली जिल्लाको हो । जिल्लाको माडा थानामा जगत लाल जयसवालले आफ्नी विवाहित छोरी मन्जु र उनकी ५ वर्षकी छोरी खुशबुको उनका ज्वाइँले घाँटी रेटेर हत्या गरेको उजुरी लेखाए । हत्या गरेपछि ज्वाइँ फरार भएको उनले बताएका थिए । फरार ज्वाइँको फोटो सामाजिक संजालमा भइरल भएको थियो ।

पिताको उजुरीपछि पुलिसले मुद्दा दर्ता गर्दै सामाजिक संजालमा भाइरल भइरहेको फोटोको जाँच गर्यो । साइबर सेलको सहयोगमा खोजी गर्दै जाँदा पुलिसले उजुरीकर्ताकी छोरी, उनकी ५ वर्षकी नातिनी र छोरीका प्रेमीलाई भेट्टायो । पक्राउ परेका प्रेमी प्रेमिकाले बताएअनुसार पतिसँग खटपट भएपछि सामाजिक संजालमा फोटो भाइरल गरेर पतिलाई फसाउने योजना बनाएका थिए जसको पुलिसले पर्दाफाश गरिदियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.