प्रथम कालीपुल कप बास्केटबल प्रतियोगिता सुरु

डिसी नेपाल
२७ फागुन २०८२ २०:२७
4
Shares
म्याग्दी । यहाँको बेनी नगरपालिका–८ मा आजदेखि रु एक लाख बढी पुरस्कार राशिको प्रथम कालीपुल कप बास्केटबल प्रतियोगिता सुरु भएको छ।
युनाइटेड क्लबको आयोजनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिका प्रमुख सुरत केसीले उद्घाटन गरे। ११ समूह सहभागी प्रतियोगितामा विजेता र उपविजेतालाई ट्रफी, मेडलसहित नगद रु एक लाख ११ हजार १११ र रु ५५ हजार ५५५ नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष अनिष गौचनले जानकारी दिए।
विभिन्न बिधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिने उनले बताए। विधागत उत्कृष्ट खेलाडीलाई नगद रु दुई हजारका दरले पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष गौचनले बताए।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *