वन मौरीको टोकाइबाट एकको मृत्यु
भरतपुर । चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।
आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ।
घरमै बसिरहेकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते भएकी थिइन् ।
उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो।
उनको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ।
शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment