भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता
टक्सार (भोजपुर)। जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ।
आज जिल्लाको टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए। प्रजिअ पौडेलले भने, ‘बुबाको पहिचान नखुल्दा दर्नालले नागरिकता नपाएको अवस्थामा आज आमा वसन्ती दमाइँको नामबाट नागरिकता प्रदान गर्यौं।’
जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार आदित्यलाई ०९–०१–८२–०३८१० नम्बरको नागरिकता प्रदान गरिएको हो। आवश्यक प्रक्रिया र कागजात पुगेकाले प्रशासनमा आएर आमाको नामबाट नागरिकता लिन सक्ने जनाइएको छ।
नागरिकता लिनका लागि जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ। त्यस्तै पतिको पहिचान नभएको भनी आमाले लिखितरूपमा स्वघोषणासमेत गरेको हुनुपर्ने व्यवस्था छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment