खोटाङका स्थानीय तहमा बेरुजुको चाङ

डिसी नेपाल
२९ पुष २०७६ ७:५०

खोटाङ। महालेखा परीक्षकको कार्यालयले यहाँका दश वटै स्थानीय तहमा बेरुजु औल्याएको छ। प्रारम्भिक प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौँ बेरुजु देखिएको हो।

आर्थिक वर्ष २०७५/०७६ भित्र ती स्थानीय तहले सम्पादन गरेका आर्थिक गतिविधि विषयमा डेढ महिना लगाएर लेखा परीक्षण गर्दा बेरुजु भेटिएको हो। पेश्की, नियमित गर्ने, फछ्र्योट गर्नुपर्ने र असुल गर्नुपर्ने लगायत बेरुजु रकमका आधारमा महालेखाले स्थानीय तहको बेरुजुको मात्रा औँल्याएको हो।

प्रतिवेदन अनुसार ऐसेलुखर्क गाउँपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा १४ लाख ६१ हजार ७७७ रुपैयाँ बेरुजु औल्याइएको छ। अघिल्लो आर्थिक वर्षमा गाउँपालिकामा ४० लाख ३४ हजार ५६६ रुपैयाँ बेरुजु देखिएको थियो। अघिल्लो आर्थिक वर्षमा तीन करोड ३६ लाख ७१ हजार ८०६ रुपैयाँ बेरुजु पाइएको केपिलासगढी गाउँपालिकामा आर्थक वर्ष २०७५/०७६ मा एक करोड ६२ लाख २८ हजार २८७ रुपैयाँ बेरुजु देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ७४ लाख ४६ हजार ४९९ रुपैयाँ बेरुजु रहेको खोटेहाङ गाउँपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा तीन करोड १८ लाख १९ हजार ३५४ रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा जनाइएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा चार करोड ४४ लाख ९८ हजार ९८९ रुपैयाँ बेरुजु पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ३१ लाख २९ हजार ७०१ रुपैयाँ बेरुजु रहेको छ।

आर्थक वर्ष २०७४/०७५ मा चार करोड ५० लाख १३ हजार ६१९ रुपैयाँ बेरुजु देखिएको हलेसी तुवाचुङ नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा दश करोड २५ लाख दुई हजार ८९९ रुपैयाँ बेरुजु भटिएको छ।

अघिल्लो वर्षमा एक करोड १६ लाख ९५ हजार १९५ रुपैयाँ बेरुजु कायम देखिएको रावाबेँसी गाउँपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ९५ लाख ९५ हजार ९०९ रुपैयाँ बेरुजु देखिएको छ। आर्थिक वर्ष २०७४/०७५ मा दुई करोड ४० लाख छ हजार १६२ रुपैयाँ बेरुजु पाइएको बराहपोखरी गाउँपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ११ लाख ८१ हजार ४७८ रुपैयाँ बेरुजु रहेको देखाइएको छ।

यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा दुई करोड ८७ लाख ५२ हजार ५०१ रुपैयाँ बेरुजु भेटिएको साकेला गाउँपालिकामा आर्थिक वर्ष ०७५/०७६ मा एक करोड २० लाख ७८ हजार ३०१ रुपैयाँ बेरुजु रहेको प्रतिवेदनले जनाएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लेखा परीक्षण छुटेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *