एमसीसीबारे अमेरिकाको १० बुँदे प्रष्टिकरणः यो सैन्य मामिला होइन (पूर्ण पाठसहित)

डिसी नेपाल
३ माघ २०७६ १९:२३

काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकारबीच भएको अनुदान सहयोग एमसीसी कम्प्याक्टबारे नेपालमा विवाद भइरहेका बेला यो विषयमा अमेरिकाले प्रष्टिकरण दिएको छ।

नेपालस्थित अमेरिकी दूतावासले शुक्रबार एमसीसीबारे देखिएका विवादबारे प्रष्टिकरण दिएको हो।

दूतावासले १० बुँदामा एमसीसीबारे प्रष्किरण दिएको छ। एमसीसी कुनै पनि सैन्य गठबन्धनको अंग नभएको स्पष्ट पारेको छ। दूतावासले भनेको छ, ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तावमा अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेध गरेको छ।’

नेपालमा एमसीसी अमेरिकी सैन्य रणनीति इण्डो प्याफिकको अंग रहेको भन्दै ५५ अर्ब नेपाली रुपैयाँ बराबरको सो अनुदान सहयोग सम्बन्धि सम्झौतामा विरोध भइरहेको छ। खास गरेर सत्तारुढ दल नेकपा भित्र पूर्व माओवादी र वरिष्ठ नेता माधव नेपाल समूहले यसको विरोध गरिरहेको छ।

नेपालमा एमसीसीबारे विवाद झन बढ्ने देखिएपछि अमेरिकी दूतावासले यो विषयमा प्रष्किरण दिएको हो। दूतावासले १० बुँदे प्रस्पष्टीकरणमा यो सम्झौता संसदबाट अनिवार्य अनुमोदन हुनुपर्नेसमेत बताएको छ। साथै नेपालले आफै छनौट गरेका परियोजनामा यो अनुदान खर्च हुनेसमेत बताएको छ। साथै अमेरिकाले यो सम्झौता अनुमोदन गरे वापत नेपालले अन्य कुनै पनि सन्धि सम्झौतामा हस्ताक्षर गर्न बाध्य नहुने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *