आज नेपाली बजारमा यस्तो छ सुन-चाँदीको भाउ

डिसी नेपाल
६ माघ २०७६ १०:४६

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

आइतबार तोलामा २ सय रुपैयाँ बढेको सुनको भाउ आज स्थिर छ । आज छापावाल सुन प्रतितोला ७५ हजार तथा तेजावी सुन ७४ हजार ७ सय रुपैयाँ रहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

शुक्रबार तोलामा एक सय रुपैयाँ बढेर ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *