मंगलबार पनि बढ्यो सुन चाँदीको भाउ, तोलाको कति ?

डिसी नेपाल
७ माघ २०७६ ११:१८

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ ।

सोमबार स्थिर रहेको सुनको भाउ आज पुन तोलामा ३ सय रुपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला ७५ हजार ३ सय तथा तेजावी सुन ७५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७५ हजार तथा तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँ रहेको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *