प्राधिकरणद्वारा फाइवर अनलाइनको इजाजत खारेज

डिसी नेपाल
८ माघ २०७६ १०:५७

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले फाईवर अनलाइन प्रालिको इजाजत खारेज गरेको छ। इन्टरनेट सेवा प्रदान गर्ने अनुमति लिएको कम्पनीले तोकिएको समयभित्र नविकरण गर्न नआएपछि अनुमतिपत्र खारेज भएको हो।

फाईवर अनलाइनले २०६६ पुसमा सेवा इन्टरनेट सेवा प्रदान गर्नका लागि प्राधिकरणबाट लाइसेन्स लिएको थियो । कम्पनी हालसम्म सेवा समेत सुरु गर्न सकेको थिएन।

दूरसञ्चार कम्पनीहरुले प्राधिकरणलाई फ्रिक्वेन्सी दस्तुर, ग्रामीण दूरसञ्चार विकास कोष, रोयल्टी र नवीकरण शीर्षकमा राजश्व बुझाएर नविकरण गर्नुपर्छ। समयमा राजश्व बुझाएर नविकरण नगर्ने कम्पनीको इजाजपत्र खारेजी गर्नसक्ने अधिकार प्राधिकणसँग छ।

प्राधिकरणले यसअघि गत साउनमा वेब सर्फर नेपाल कम्युनिकेशन सिस्टम, स्मार्ट टेलिकम र नेपाल स्याटलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो।

प्राधिकरणको निर्णय पुनरावलोकन गर्न कम्पनीहरुले मन्त्रालयमा निवेदन दिएपछि मन्त्रिपरिषद्ले पुसमा प्राधिकरणको निर्णय बदर गर्दै किस्तामा वक्यौता तिर्ने सहुलियत दिन निर्देशन दिएको थियो।

मन्त्रिपरिषद्को निर्देशन अनुसार हाल ती कम्पनीहरुको बाँकी बक्यौता ५ वर्षभित्र पाच किस्तामा तिर्न सक्ने सहुलियत दिइएको छ। ती कम्पनीहरुले सरकारलाई तीन अर्व रुपैयाँ भन्दा बढी रकम तिर्न बाँकी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *