विवाहबाट बच्न जानीजानी चोरी गरेर पक्राउ परे युवक

डिसी नेपाल
१० माघ २०७६ १३:४०

काठमाडौं। एक युवक विवाहबाट बच्नको लागि चोरी गरेर पुलिस हिरासत पुगेका छन् । विवाहबाट बच्न यस्तो विचित्र तरिका निकाल्ने युवक चीनको शांघाइका हुन् । उनले विवाहबाट बच्न स्पिकर चोरी गरेका थिए । पक्राउ परेपछि बल्ल उनको वास्तविक नियतको खुलासा भएको छ । रिपब्लिक वर्ल्डको समाचार अनुसार पुलिसले यी युवकको नाम चान भएको बताएको छ ।

चानले पुलिसलाई दिएको बयानमा आफूले जानीजानी डान्स स्टुडियोबाट करिब २ हजार युआन मूल्य पर्ने ब्लुटुथ स्पिकर चोरी गरेका थिए ताकि उनकी गर्लफ्रेण्डले उनलाई चोर सम्झेर विवाह गर्न अस्वीकार गरुन् । उनका अनुसार उनकी गर्लफ्रेण्ड उनीसँग विवाह गर्न चाहन्थिन् तर चान यसो गर्न चाहँदैनथे ।

चानले सोधपुछमा भने ‘मलाई यो विश्वास थियो कि एक दिन म पक्राउ पर्नेछु तर यति छिटो यो सब होला भन्नु सोचेको थिइन् । म शांघाइबाट धेरै टाढा जान चाहन्थें । विवाहको दबाबका कारण म धेरै रिसमा थिएँ ।’

चान अहिले पनि पुलिस हिरासतमा छन् । पुलिसका अनुसार उनले सानो अपराध गरेका छन् त्यसैले चाँडै नै रिहा हुनेछन् । यद्यपि अहिलेसम्म चान र उनकी गर्लफ्रेण्डको सम्बन्ध यो घटनापछि के भयो भन्ने प्रस्ट भइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.