फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता एवं कार्यकर्तासँग आज भएको भेटघाटमा उनले सो कुरा बताएका हुन्।
नेता कोइरालाले निर्वाचनका लागि तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिँदै प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको उल्लेख गरे।
‘संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो‘, उनले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्कासमेत जन्मिएको छ।‘
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment