न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

डिसी नेपाल
१९ माघ २०७६ १९:५३

वेलिङटन । न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ ।

उनि सन् १९९० देखि न्युजिल्याण्डको ३४औँ प्रधानमन्त्री बनेका थिए । उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन् ।

उनको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेकी छन् । देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उनले स्मरण गरेकी छन् ।

विश्व व्यापार सङ्गठन (डब्लुटिओ)लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पु¥याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उनले उल्लेख गरेकी छन् ।

हरेकले उनलाई न्युजल्याण्डका लागि र न्युजल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मनु भएको थियो भन्ने गरेका छन्, प्रधानमन्त्री जसिन्दाले भनिन्।

उनि सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.