न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन
वेलिङटन । न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ ।
उनि सन् १९९० देखि न्युजिल्याण्डको ३४औँ प्रधानमन्त्री बनेका थिए । उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन् ।
उनको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेकी छन् । देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उनले स्मरण गरेकी छन् ।
विश्व व्यापार सङ्गठन (डब्लुटिओ)लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पु¥याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उनले उल्लेख गरेकी छन् ।
हरेकले उनलाई न्युजल्याण्डका लागि र न्युजल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मनु भएको थियो भन्ने गरेका छन्, प्रधानमन्त्री जसिन्दाले भनिन्।
उनि सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त भएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment