सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २४ सयले घटेर तोलाको ३ लाख १८ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुन तोलाको ३ लाख २० हजार ९ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ४९६५ मै कारोबार भइरहेको छ। यसअघि विहिबार पनि चाँदी तोलाको ४९६५ मा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment