नेप्सेमा दोहोरियो सुस्तता : २५५७ विन्दुमा थामियो बजार, पौने ४ अर्बको कारोबार

डिसी नेपाल
११ भदौ २०८३ १५:४३

काठमाडौं। नेप्सेमा आज पनि गिरावट आएको छ। आज विहिबार नेप्से १.०४ अंकले घटेर २५५७.३१ विन्दुमा पुगेर रोकिएको छ।

आज ३४८ कम्पनिका एक करोड ६ लाख २६ हजार ३७० कित्ता शेयर ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार ७० मा कारोबार भएको थियो। आज बैंकिंग, विकास बैंक, फाइनान्स, होटल्स, लगानी, उत्पादन, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने घोराही सिमेन्टको शेयर ८.१९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी अपर हेवाखोला हाइड्रोको शेयर ९.४५ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको २१ करोड ७५ लाख बराबरको कारोबार भएको छ भने एसबिआई बैंकको १६ करोड ६६ लाख बराबरको कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *