भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

डिसी नेपाल
११ भदौ २०८३ १६:०६

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७, गोखरामा २०, चितवनमा १०८, तनहुँमा १२, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।

प्राधिकरणका अनुसार हाल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमध्ये नेपाल प्रहरी सात हजार २५०, नेपाली सेना चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ उद्धार, खोज र राहतमा परिचालन गरिएको छ। आज उद्धारका लागि ६९ हेलिकप्टरको उडानमार्फत ३५१ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार हाल ९१० जना सम्पर्कविहीन छन्। जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १६१, नुवाकोटका एक जना छन्। साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कमा छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *