तीन दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं। नेपाल राष्ट्र बैंकले हालैको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन तीन दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई भदौ १२ देखि १४ गतेसम्म अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो। राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई सेवा सञ्चालनको जानकारी उपयुक्त माध्यमबाट सेवाग्राही तथा सरोकारवालालाई गराउनसमेत निर्देशन दिएको छ।
बाढी प्रभावितलाई राहत वितरण तथा उद्धार कार्यमा आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment