राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा जनै पूर्णिमाको अवसरमा रक्षाबन्धन ग्रहण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवम् रक्षाबन्धन धारणा गरेका छन्।
राष्ट्रपति पौडेलसहित प्रथम महिला सबिता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शुक्रबार बिहान शुभसाइतमा वैदिक विधिअनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा रक्षाबन्धन ग्रहण गरेका हुन्।
देशभर नव यज्ञोपवित (जनै) एवम् रक्षाबन्धन धारणा गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment