परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता

डिसी नेपाल
१३ भदौ २०८३ १९:०९

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ।

शनिबार भएको वार्ताका क्रममा रसुवा–केरुङ नाका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण नेपाल र चीन दुवैतर्फ भएको जनधनको क्षतिप्रति दुवै नेताले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

दुवै नेताबीच जारी खोजी, उद्धार तथा राहत कार्यका साथै चीनमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खनालले आपत्कालीन मानवीय राहत सहयोग उपलब्ध गराएकोमा चिनियाँ सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्।

वार्तामा नेपाल र चीनबीच तत्काल उपलब्ध हुने जल तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको साथै, भविष्यमा सीमापार विपद्को जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्ने संयन्त्रलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबीच सहमति भएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *