सन्काहा युवक विमानस्थलमा छिरेर हेलिकप्टर तोडफोड गरे, उड्न लागेको विमानको बाटो छेके

डिसी नेपाल
२० माघ २०७६ ९:११

काठमाडौं। विमानस्थलको सुरक्षा व्यवस्थालाई झुक्याउँदै एक युवक विमानस्थलभित्र छिरेर ताण्डव मच्चाएपछि भारतको मध्य प्रदेशको राजधानी भोपालस्थित राजा भोज विमानस्थलको सुरक्षा फितलो भएको खुलासा भएको छ । यहाँ विमानस्थलभित्र छिरेका एक युवकले उत्पात मच्चाए । उनले पार्किङमा राखिएको विमानमा तोडफोड गरे । उनले ढुंगाले हेलिकप्टरको सिसा फुटाए र अगाडिको भागलाई पनि क्षतिग्रस्त बनाए ।

आज तकको समाचार अनुसार युवकलाई समाउन सुरक्षाकर्मी अगाडि बढे तर युवक भागेर रनवेमा पुगे । रनवेमा स्पाइसजेटको विमान उदयपुरको लागि उड्न लागेको थियो । युवक त्यही विमानको अगाडि पुगेर बाटो छेके । उठ्ने तयारीमा रहेको विमान अचानक रोक्नुपर्यो । निकै प्रयासपछि ती युवकलाई हिरासतमा लिइयो । पुलिसका अनुसार यी युवक भोपालकै हुन् र उनको नाम योगेश त्रिपाठी हो । उनले यस्तो किन गरे भन्ने खुलासा भएको छैन ।

स्पाइजेट २७२१ रनवेमा उडानको लागि तयार थियो । त्यही बेला युवक भित्र छिरेका थिए । पाइलटले तत्कालै सुझबुझका साथ इन्जिन बन्द गरे । तत्कालै विमानलाई पछाडि सुरक्षित स्थानमा लगियो र सबै यात्रुलाई उतारियो । यात्रीलाई अराइभल बिल्डिङ हुँदै डिपार्चर बिल्डिङमा लगियो । सबै यात्रूलाई दोस्रो पटक बोर्डिङ पास जारी गरियो । सबै ठिक भएपछि राती पौने ८ बजे मात्र विमान उड्यो । युवकले क्षति पुर्याएको हेलिकप्टर निजी थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.