सन्काहा युवक विमानस्थलमा छिरेर हेलिकप्टर तोडफोड गरे, उड्न लागेको विमानको बाटो छेके
काठमाडौं। विमानस्थलको सुरक्षा व्यवस्थालाई झुक्याउँदै एक युवक विमानस्थलभित्र छिरेर ताण्डव मच्चाएपछि भारतको मध्य प्रदेशको राजधानी भोपालस्थित राजा भोज विमानस्थलको सुरक्षा फितलो भएको खुलासा भएको छ । यहाँ विमानस्थलभित्र छिरेका एक युवकले उत्पात मच्चाए । उनले पार्किङमा राखिएको विमानमा तोडफोड गरे । उनले ढुंगाले हेलिकप्टरको सिसा फुटाए र अगाडिको भागलाई पनि क्षतिग्रस्त बनाए ।
आज तकको समाचार अनुसार युवकलाई समाउन सुरक्षाकर्मी अगाडि बढे तर युवक भागेर रनवेमा पुगे । रनवेमा स्पाइसजेटको विमान उदयपुरको लागि उड्न लागेको थियो । युवक त्यही विमानको अगाडि पुगेर बाटो छेके । उठ्ने तयारीमा रहेको विमान अचानक रोक्नुपर्यो । निकै प्रयासपछि ती युवकलाई हिरासतमा लिइयो । पुलिसका अनुसार यी युवक भोपालकै हुन् र उनको नाम योगेश त्रिपाठी हो । उनले यस्तो किन गरे भन्ने खुलासा भएको छैन ।
स्पाइजेट २७२१ रनवेमा उडानको लागि तयार थियो । त्यही बेला युवक भित्र छिरेका थिए । पाइलटले तत्कालै सुझबुझका साथ इन्जिन बन्द गरे । तत्कालै विमानलाई पछाडि सुरक्षित स्थानमा लगियो र सबै यात्रुलाई उतारियो । यात्रीलाई अराइभल बिल्डिङ हुँदै डिपार्चर बिल्डिङमा लगियो । सबै यात्रूलाई दोस्रो पटक बोर्डिङ पास जारी गरियो । सबै ठिक भएपछि राती पौने ८ बजे मात्र विमान उड्यो । युवकले क्षति पुर्याएको हेलिकप्टर निजी थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment