चीनको कोरोनाग्रस्त क्षेत्रबाट नेपाली ल्याउनुपूर्व कस्ताे तयारी गर्नुपर्छ ?
डिसी नेपाल
२३ माघ २०७६ ९:२४
अहिले काेराेना भइरसकाे चपेटमा विश्व समुदाय परेकाे छ। विशेषगरी काेराना भाइरसबाट चीन बढी नै प्रभावित बनेकाे छ। चीनमा रहेका नेपाली विद्यार्थीलाई सरकारले स्वदेश फर्काउने तयारी गरिरहेकाे छ। उनीहरुलाई स्वदेश फर्काउनु पूर्व सरकारले केही काम गर्न जरुरी हुन्छ।
उनीहरु पनि सुरक्षित होउन, यहाँ कसैलाई नसरोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्दछ। चीनको वुहानमा फसेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तब्य हो। उनीहरु संक्रमित नहोलान, तर १ जनामात्र संक्रमित भएमा त्यो संक्रमण धान्न मुस्किल पर्नेछ।
१. चालक दललाई त्यहाँ सुरक्षित रुपमा पुर्याउनु पर्दछ। त्यहाँका नेपालीलाई आइसोलेसन गाउन, ह्याण्ड ग्लोभ, मास्क, हेड क्याप लगाएर ल्याउनुपर्छ।
२. ती १८० जना मध्ये १ जनालाई पनि संक्रमण नभएको ग्यारेन्टी हुनु पर्दछ। १-२ जनालाई संक्रमण भएको रहेछ भने प्लेनभित्रका सबै जनालाई सर्न सक्छ।
३. यहाँ एयरपोर्टमा ल्याण्ड गरेपछि आइसोलेसन सेन्टरमा पुर्याउने बेला अरुलाई नसरोस् भनेर विश्वस्त उपाय अपनाउनुपर्छ।
डा. रवीन्द्र पाण्डे
४. आइसोलेसन सेन्टरमा १ कोठामा १ जना राख्ने, एट्याच बाथ रुम हुनुपर्ने, एकलाई अर्कोसँग भेट नगराउने, भर्याङ/ सिंढी / कोरिडोरमा एकअर्कोको सास नजाने बातावरण मिलाउनुपर्छ। अन्यथा ती १८० जना मध्ये एकजनालाई मात्र रहेछ भने पनि अरुलाई सर्न सक्छ। होटेलमा वा होस्टेलमा राखे जस्तो कोठा सेयरिंग गर्न मिल्दैन।
५. उनीहरुलाई खाना, पानी, पत्रिका, पुस्तक आदि पुर्याउनको लागि सुरक्षित उपायको ब्यबस्था गर्नुपर्छ।
Facebook Comment