चीनमा कोरोना भाइरस ब्यापक फैलिएपछि वरिष्ठ चिनियाँ अधिकारीहरू बर्खास्त
Photo by : Xinhua News Agency
काठमाडौँ । कोरोना भाइरसबाट धेरै मानिसको ज्यान गएसँगै चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन्।
त्यसैगरी चन्दा हिनामिना गरेको आशङ्कामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त भएका छन्।
चीनमा सोमबार एकैदिन १०८ जनाको मृत्यु भएको छ । तर सोमबार नयाँ सङ्क्रमणको सङ्ख्या अघिल्लो दिनको भन्दा २० प्रतिशतले घटेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कोरोना प्रकोपः एकै दिन १०८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १०१८ पुग्यो
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment