कोरोना प्रकोपः एकै दिन १०८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १०१८ पुग्यो

डिसी नेपाल
२८ माघ २०७६ ७:१८

काठमाडौँ । पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट हालसम्म एक हजार १६ जनाको ज्यान गएको छ । सोमबार मात्रै चीनमा एक सय ८ जनाले ज्यान गुमाएको र २ हजार ४ सय ६७ जना जना संक्रमित फेला परेको चाइना डेलीले जनाएको छ ।

मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको छ।

चीन बाहेक फिलिपिन्स र हङकङमा कोरोना भाइरसबाट एक, एक जनाले ज्यान गुमाएका छन् भने चीनमा एक अमेरिकी र एक जाप्निज नागरिककको मृत्यु भएको छ ।

चीनमा सो भाइरसबाट फेबु्वरी ३ मा ६४, फेबु्रवरी ४ मा ६६, फेबु्रवरी ५ र ६ मा ७३, ७३, फेबु्रवरी ७ मा ८६ तथा फेब्रुवरी ८ मा ८९, फेबु्रवरी ९ मा ९७ र १० मा १०८ जनाको ज्यान गएको छ।

चीन बाहिर ४० देशमा कोरोना भाइरसको प्रकोप देखिएको र उक्त भाइरसबाट ५ सयबढी मानिस संक्रमित भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

यस्तै चीनपछि जापानमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ । जापानमा हालसम्म एक सय ६१ जना संक्रमित फेला परेका छन् ।

भारतको केरलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म केरलामा ३४ जनालाई अस्पताल भर्ना गरिएको र ३ हजार २५२ जना निगरानिमा राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस्तै नेपाल सरकारले चीनमा रहेका मध्ये नेपाल आउन चाहेका एक सय ८० जना नेपालीलाई नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी फागुन ३ गते नेपालीलाई लिन वायु सेवा निगमका विमान पठाउने सरकारको तयारी छ ।

चीनबाट उद्धार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ । उक्त स्थानमा प्राधिकरणका ४ भवन खाली गराईएको छ ।

चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले स्वदेश फर्काएर खरिपाटीस्थित प्राधिकरणमा राख्ने तयारी गरेपछि त्यसको समाचार सङ्कलनका लागि खरिपाटी पुगेका सञ्चारकर्मीलाई सोमबारदेखि मूलगेटबाटै प्रवेशमा रोक लगाइएको हो ।

भारतको केरलामा कोरोनाः ३ हजार २५२ जना निगरानीमा
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय
कोरोना भाइरसबाट बँच्ने अचम्मका उपाय (१२ तस्बिर)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *