सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

डिसी नेपाल
८ कार्तिक २०८३ २२:०७

सुर्खेत। कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म कारबाहीमा परेका एक हजार ३३८ सवारी साधनबाट रु १२ लाख २५ हजार राजस्व सङ्कलन गरिएको हो। जसमा सबैभन्दा बढी सुर्खेतमा मादकपदार्थ सेवन गरी चलाएका ६३८ सवारी साधनलाई कारबाही गर्दा रु पाँच लाख ८२ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी बिसीले बताए।

उनका अनुसार सल्यानमा २२२ सवारी साधन कारबाही हुँदा रु दुई लाख १८ हजार ५००, रुकुमपश्चिममा १२७ सवारीसाधनबाट रु एक लाख ४५ हजार, दैलेखमा ९९ सवारी साधनबाट रु ९४ हजार, जुम्लामा ६७ सवारीसाधनबाट रु ७३ हजार, जाजरकोटमा ६८ सवारीसाधनबाट रु ६१ हजार ५००, कालीकोटमा ८२ र डोल्पामा १८ सवारीसाधनबाट रु १७/१७ हजार, हुम्लामा १५ सवारीसाधनबाट रु १५ हजार र मुगुमा तीन सवारीसाधन कारबाही गर्दा रु दुई हजार राजस्व सङ्कलन भएको छ।

मादकपदार्थ सेवन गरी गाडी चलाउने सुर्खेतमा १५७, सल्यानमा ४६, दैलेखमा १७, रुकुम पश्चिममा नौ, जुम्लामा सात, कालीकोटमा पाँच, जाजरकोटमा चार र डोल्पामा एक गरी २४६ जनालाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *