दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो
ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार चार हजार ३०९ जना भक्तजनले दर्शन गरेका थिए। शनिबारको तुलनामा आइतबार दर्शन गर्न आउने भक्तजनको संख्या एक हजार ९५४ ले घटेको छ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन्। शनिबार चार हजार ३०७ जना भक्तजनले पाथीभराको दर्शन गरेको थियो। पाथीभरा दर्शन गर्ने भक्तजनको उक्त सङ्ख्या दशैंको नवरात्रि यता सबैभन्दा बढी हो।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार नेपालको विभिन्न जिल्लाबाट भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका छन्। त्यस्तै, नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँबाट समेत भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए।
पाथीभरा पुग्नका लागी यातायातका साधनमार्फ काफ्ले पाटी सम्म सहजरुमा पुग्न सकिन्छ। काफ्ले पाटीकाट पाँच किलो मिटर पदमार्ग प्रयोग गरेरका धाम सम्म पुग्न सकिन्छ। पाँच किलो मिटर उकालो बाटो भएकाले हिड्न नसक्नेहरुको लागि तिर्थयात्री सहयोगीहरुको समेत व्यवस्था छ। सहयोगीहरुले काफ्लेपाटी देखि धाम सम्म धाम देखि काफ्ले पाटी सम्म बोगेर पुर्याउने गर्दछन्। प्रति किलो २०० रुपैयाँ सेवा गरेवापतको शुल्क लिने गर्दछन्।
समुद्री सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित शक्तिपीठ पाथीभराको दर्शन गरेमा सोचे चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास रहेकाले स्वदेश तथा विदेशबाट भक्तजन आउने गरेका समितिले जनाएको छ। दशैं तिहारको समय पाथीभरा दर्शन गर्ने मुख्य सिजन हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment