जुवातास खेलिरहेको अवस्थामा दार्चुलाबाट ८ जना पक्राउ

डिसी नेपाल
८ कार्तिक २०८३ १७:२६
4
Shares

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गाजरी बस्ने ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *