सङ्घर्षको ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार

डिसी नेपाल
८ कार्तिक २०८३ २२:३९

काठमाडौं। गजलकार कमल सङ्घर्षको गजल कृति ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार–२०८२ प्रदान गरिएको छ।

खस भाषामा लेखिएको उक्त कृति गजल विधामा पुर्‍याएको योगदानका लागि पुरस्कृत भएको हो। पुरस्कारको राशि रु १० हजार रहेकोे छ। पुरस्कारका संस्थापक जे सागरले आज आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरे।

सङ्घर्षको ‘हियाका कुडा’ यस पुरस्कारबाट सम्मानित हुने नवौँ कृति भएको कार्यक्रम संयोजक अच्युत घिमिरेले जानकारी दिए।

सो पुरस्कार यसअघि २०७४ सालमा आवाज शर्माको ‘इन्द्रेणी’, २०७५ मा टक गुरुङको ‘अनाहत’, २०७६ मा प्रकृति प्रेमीको ‘समीर’, २०७७ मा पुष्प अधिकारी अञ्जलीको ‘हरियो ऐना’, २०७८ मा वसन्त ओली वसन्तीको ‘बोई’ र २०७९ मा प्रदीप रोदनको ‘मफलर’ कृतिलाई प्रदान गरिएको थियो।

त्यसैगरी, २०८० सालमा यज्ञलाल सुवेदीको ‘शृङ्खला’ र २०८१ सालमा विवश पौडेलको ‘धर्तीको जून’ कृति पुरस्कृत भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *